काठमाडौं ।
नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य शैलीका कारण नेपालमा कोरोना महामारी थप जटिल अवस्थामा पुगेको बताएका छन् ।
कोरोनाका नयाँ संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न र सघन उपचारका लागि कहीँ बेड उपलब्ध नभएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले समयमै नसोचेको आरोप लगाएका छन् ।
आज सामाजिक संजाल ट्वीटरमा थापाले लेखेका छन्,
एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबार्डको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ।अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ । केही समस्या भइहाले के गर्ने, सबैमा अलमल छ।
































प्रतिक्रिया