काभ्रे ।
काभ्रे जिल्लामा विहिबार एकैदिन २३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ८९७ पुगेको छ । मंगलबार पनि ५६ जना थपिएका थिए । काभ्रेमा बुधबार पनि ५० जना थपिएका थिए ।
जस मध्ये ५८३ जना निको भएका छन् । जिल्लामा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका १ जना, बनेपाका १७, मण्डनदेउपुरका ३, नमोबुद्धमा १ र रोशी गाउँ पालिकाका १ जना रहेका छन् ।
































प्रतिक्रिया