नेपालमा आज २ हजार १६४ जना निको भए, १ हजार ८७५ संक्रमित थपिए

नेपालमा आज २ हजार १६४ जना निको भए, १ हजार ८७५ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १६४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ।

नेपालमा आज १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ६५ हजार ८८६ जना र एन्टीजेन परीक्षणबाट ४८ हजार ६६२ जना पुगेको छ। 

आज २१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ।

आज १० हजार ६६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ६३ हजार ५७ जनाको पिसिआर र २ लाख ५९ हजार ८३१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo