प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। 

सभामुख अग्निप्रसाद सापकोटानिकट स्रोतका अनुसार देउवाले आजै विश्वास मत लिने प्रधानमन्त्री देउवाको तयारी छ । आज दुई चरणमा बस्नेछ। दोस्रो चरणको बैठकमा देउवाले विश्वासको मत लिने स्रोतले बताएको छ।

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) अनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि देउवाले परिस्थिति फेरिएर विश्वासको मत लिन कठिनाइ पर्न सक्ने आँकलन गर्दै आजै विश्वासको मत लिन लागेका हुन्। एमालेको माधवकुमार नेपालपक्षको सहजताका लागि चाँडै विश्वासको मत लिन लागिएको बताइएको छ। 

यसअघि गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएका थिएनन्। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।  

 

Logo