माधव पक्षले देउवालाई विश्वासको मत दिने निश्चित

माधव पक्षले देउवालाई विश्वासको मत दिने निश्चित

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता पनि भएको छ।

आजै बस्ने प्रतिनिधिसभाको दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ।

कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका हुन्। यसैबीच माधव नेपाल पक्षका सांसद मुकुन्द न्यौपानेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।

सांसद न्यौपानेले भने, १ सय ४६ सांसदले मत दिन्छन्, हामी पनि त्यसभित्र पर्छौं।
उनले रिट निवेदनमा हस्ताक्षर गर्नेहरुले विश्वासको मत दिनेमा कुनै शंसय नभएको बताए।

सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएको प्रतिनिधिसभाको बैठक आज दिउँसो चार बजे बस्दैछ।

Skip This
Skip This
Logo