देउवालाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

देउवालाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

केन्द्रबिन्दु
0
Shares

विश्वासको मतको पक्षमा मतदान गर्नका लागि नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य सहभागी हुन निर्देशन दिएको छ।

संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत आवश्यक हुने भएकोले मतदानका लागि सबै सांसदलाई बैठकमा सहभागी हुन निर्देशन दिएको बताइन्।

‘हाम्रा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुरज्यूले विश्वासको मत लिन लाग्नु भएको छ, उहाँलाई विश्वासको मत दिन आफ्ना सांसदहरूको अनिवार्य सहभागिता बैठकमा चाहिन्छ, त्यही भएर अनिवार्य सहभागिताका लागि निर्देशन दिइएको हो’, सचेतक भुसालले केन्द्रविन्दुसँग भनिन्।

२९ असारमा सर्वोच्च अदालतको परमादेशअनुसार प्रधानमन्त्री पदमा नियुक्त देउवाले ५ दिनपछि आज नै विश्वासको मत लिन लागेका हुन्।

देउवालाई उनी नेतृत्वको कांग्रेसबाहेक अन्य दलहरू माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरूले मतदान गर्ने बताइएको छ।

उनलाई विश्वासको मत प्राप्त गर्न १३६ मत आवश्यक छ। संसदमा २७१ सांसद छन्।

Skip This
Skip This
Logo