सुरेन्द्र पाण्डेले भित्र जाऔं भन्दाभन्दै भीम रावलले घोषणा गरे राजीनामा

सुरेन्द्र पाण्डेले भित्र जाऔं भन्दाभन्दै भीम रावलले घोषणा गरे राजीनामा

केन्द्रबिन्दु
0
Shares

एमाले उपाध्यक्ष एवं सांसद भीम रावलले आइतबार संघीय संसद् परिसरमै सांसद पदबाट राजीनामा घोषणा गरेका छन्।

संसद् बैठक सुरु हुनुभन्दा अगाडि नै पत्रकारहरूसमक्ष रावलले राजनीमा घोषणा गरेका हुन्। एमाले सांसद सुरेन्द्र पाण्डेले रावललाई बैठकमा भित्र जाऔं भन्दाभन्दै उनले संसद् परिसरमै पत्रकारहरूसमक्ष राजीनामा घोषणा गरे। त्यसपछि पाण्डे सरासर संसद हलभित्र पसेका थिए।

पछिल्लो समयमा राजनीतिक नेतृत्व देश र जनताको हितमा भन्दा पनि व्यक्तिगत स्वार्थ र स्वेच्छाचारी प्रवृत्तिमा लिप्त रहेकाले राजीनामा दिने घोषणा गरेको उनले सुनाए। ‘देश र जनविरोधी राजनीतिक खेलको मतियार हुनुभन्दा त्यसबाट अलग रहेर बस्नका लागि यो निर्णय लिएको हुँ,’ उनले भने। 

आफूले चार दशकभन्दा बढीको राजनीतिक यात्रामा देश, राष्ट्रको स्वाधीनता र जनतालाई केन्द्रबिन्दुमा राखेको र यस्तो घृणित खेलमा आफू संलग्न नहुने उनको जिकिर रहेको थियो।

Logo