कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण

कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाली कांग्रेसले कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबारबाट सुरु भएको राष्ट्रिय सभाको नवौं अधिवेशनको शुभारम्भमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारसँग आग्रह गरेका हुन्। 

त्यसैगरी उनले मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुबान प्रभावितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरे । “सरकारले आउने दिनमा कोरोनाविरुद्धको खोपमा कमी आउन दिने छैन। सरकारले आफ्नो लक्ष्य अनुसार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई खोपको आवश्यक व्यवस्था गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु।”

सांसद अधिकारीले मुलुकमा सुशासन र समृद्धि ल्याउने गरी कानुन निर्माण गर्नुपर्ने, सत्तापक्ष, प्रतिपक्ष सबै दलले हातेमालो गरेर आवश्यकता अनुसार संविधान संशोधन गर्दै लैजानुपर्नेमा पनि जोड दिए। 

Logo