काठमाडौं उपत्यकामा ३३४ संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३३४ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

आज काठमाडौं उपत्यकामा ३३४ संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा २३४, ललितपुरमा ६४ र भक्तपुरमा ३६ जना छन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ पुगेको छ।

नेपालमा आज १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५७८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ६७ हजार १०९ जना र एन्टीजेन परीक्षणबाट ४८ हजार ९४० जना पुगेको छ। 

आज २३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ।

आज ९ हजार ६२८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ६९ हजार ६८५ जनाको पिसिआर र २ लाख ६२ हजार ८३१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo