प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन्।संविधानको धारा ७६ को उपधारा (५) अनुसार २९ असारमा प्रधानमन्त्री नियुक्त भएका उनले उपधारा (६) अनुसार विश्वासको मत दिन आग्रह गरेका हुन्।
मुलुकमा साझा चुनौतीको रूपमा कोडिभ–१९, गरिबी र बेरोजगार रहेको भन्दै त्यसविरुद्ध एकताबद्ध भएर लड्न, सुशासन कायम गर्न, लोकतन्त्रको संस्थागत विकास गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनका लागि पनि दलहरूबीच सहकार्य आवश्यक भएको भन्दै उनले विश्वासको मत मागे।
उनले दलहरू एकअर्काको राजनीतिक शत्रु नभएको पनि बताए। सो क्रममा उनले साढे ३ वर्षमा एमाले अध्यक्षसमेत रहेका केपी ओली नेतृत्वको सरकारले केही राम्रा काम गरेको र राम्रा कामप्रति धन्यवाद रहेको बताए।
ओलीका अनुभवहरू पनि उपयोगी हुने उनको भनाइ छ। तर, धेरै कमिकमजोरीहरू सरकारको तहबाट भएको भन्दै सुधार गरेर अगाडि बढ्ने भन्दै त्यसका लागि विश्वासको मत आफू नेतृत्वको सरकारलाई आवश्यक रहेको बताए।































प्रतिक्रिया