नेपालमा आज ४ हजार ३६४ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ४ हजार ३६४ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । आज ४ हजार ३६४ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ६७५ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । आज मात्र १२ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १८ हजार ४७३ रहेको छ । आज २६ हजार ६८४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज २ हजार ५४० जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २९ हजार ३८९, ललितपुरमा ३ हजार ९६४ र भक्तपुरमा २ हजार ९३६ संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ३६ हजार २८९ पुगेको छ ।

Skip This
Skip This
Logo