ओलीले विधि र पद्धतिको पालना गर्न नसकेका कारण पार्टी यो अवस्थामा आयोः मुकुन्द न्यौपाने

ओलीले विधि र पद्धतिको पालना गर्न नसकेका कारण पार्टी यो अवस्थामा आयोः मुकुन्द न्यौपाने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकालेको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले एमालेभित्रको विवाद राजनीतिक, सैद्धान्तिक र बिचारधाराको रहेको बताएका छन्।

सामाजिक संजालमार्फत उनले लेखेका छन्, ‘आज नेकपा एमालेभित्र उठेका विवादको मुल जरो भनेको राजनीतिक सैद्धान्तिक र बिचार धाराको क्षेत्रमा छ।’

उनले अध्यक्ष केपी शर्मा ओलीले संगठन निर्माण र परिचालन, त्यसका विधि र पद्धतिको पालना गर्न नसकेका कारण आज पार्टी यो स्थितिमा आएको पनि बताए। ‘एक बोरा आलुको सिद्धान्तमा परिणत आज नेकपा एमाले’ उनले भने।

‘बोरामा बाँधेको आलु बाहिरबाट देख्दा एकढिक्का देखिन्छ तर, त्यो बोरालाई खोलेर बाहिर निकालीदियो भने आलु फरकफरक साईजमा देखा पर्दछन्।’ उनले लेखेका छन्।

Logo