केपी ओलीलाई छाड्दिनँ भन्ने महन्थ ठाकुर किन एकाएक बदलिए?: नेता राई

केपी ओलीलाई छाड्दिनँ भन्ने महन्थ ठाकुर किन एकाएक बदलिए?: नेता राई

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगले आधिकारीकता सम्वन्धी विवाद नसुल्झाई सरकारमा सामेल नहुने बताएको छ।

आयोगमा पार्टी आधिकारीकताको विवाद रहेको र यस सम्बन्धी कुनै निर्णय नआएको हुँदा तत्काल सरकारमा सामेल हुन हतार गर्दैनौं, जसपाले भनेको छ।

जसपा उपेन्द्र यादव समूहको नेता मोहमद स्तेयाक राईले हामीले संसद जोगायौं सरकारमा जहिले गएपनि हुन्छ किन हतार गर्नु, उनले भने।

राईले जसपा महन्थ ठाकुर पक्षलाई पोथि न भालेको संज्ञा समेत दिएका छन्।
अग्रगमा पनि आफै प्रतिगमन पनि आफै भन्दै राईले ठाकुर पक्ष एउटा निर्णयमा अडिग नहुने समूहमा पर्ने समेत बताए।

‘उहाँहरुको विचार र सिद्धान्त कुनै छ, न पोथि न भाले हो उनीहरु’, राईले थपे।
पार्टीमा एकता कायम गर्ने सवालमा भने राईले ठाकुर पक्षले आत्मालोचना सहित हामीले गल्ति गर्यौ भन्दै पार्टीमा फर्किए उहाँहरुलाई राख्न सकिने बताए।

केपी ओली प्रतिगमनकारी हो हामीले गल्ति गयौं त्यसको लागि हामीलाई मार्फ गर्नुहोस भन्नुपर्छ उहाँहरुले, राईले भने।

राईले प्रतिनिधिसभामा ठाकुर पक्षले देउवालाई मत दिएकोमा आश्चर्य प्रकट गरे।
जता सत्ता त्यतै लेपासिने उहाँ हरुको उाद्दत हो, अब यता पाईन्छ भनेर आउनु भयो, नत्र केपी ओलीलाई भेटेर म तपाईलाई छाड्दिन भन्नेहरु कसरी एकाएक परिर्वतन भए त सोच्नुस त?, राईले भने। 

Skip This
Skip This
Logo