एयर गनसहित बृद्ध पक्राउ

एयर गनसहित बृद्ध पक्राउ

केन्द्रबिन्दु
0
Shares

सखुवाप्रसौनी गाउँपालिका-५ महुवन बस्ने ६० वर्षीय रामबाबु प्रसाद कलवारलाई १ थान एयर गनसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रामबाबुले घरभित्र अवैध हतियार लुकाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले तलासी गर्दा उनी सुत्ने कोठाभित्र लुकाई राखेको उक्त गन फेला पारी पक्राउ गरेको हो ।

उनलाई हातहतियारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Skip This
Skip This
Logo