११ राजदूतको नियुक्ति खारेज गर्ने सरकारको निर्णय

११ राजदूतको नियुक्ति खारेज गर्ने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ जना राजदूतलाई फिर्ता बोलाउने भएको छ । सोमबार सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जेठ १ गते ओली सरकाले गरेको ११ देशका लागि राजदूत सिफारिस खारेज गर्ने निर्णय गरेको हो।

ओली सरकारले निर्मलराज काफ्ले- अष्ट्रिया, जीवनप्रकाश श्रेष्ठ- इजिप्ट, रमेशचन्द्र पौडेल- श्रीलंका, कृष्णचन्द्र शर्मा- दक्षिण कोरिया, सुम्निमा तुलाधर- अष्ट्रेलिया, जंगबहादुर चौहान- रुस, नारायणप्रसाद संग्रौला- म्यानमार, युवराज कार्की- बहराइन, कुलप्रसाद नेपाल- ब्राजिल, सुमित्रा सुवेदी- डेनमार्क, मेराज मुसलमान- साउदी अरेबियालाई सिफारिस गरेको थियो।

'यसअघि ११ जना राजदूत नियुक्त गरिएका थिए। त्यसलाई खारेज गरिएको छ,'-सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने।

Skip This
Skip This
Logo