सन् २०२२ डिभीका लागि आवेदन खुल्ला

सन् २०२२ डिभीका लागि आवेदन खुल्ला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी) का लागि आवेदन दर्ता खुलेको छ । नेपालस्थित अमेरिकी दूतावासले यसको जानकारी दिएको हो । दुतावासका अनुसार आवेदन दर्ता नोभेम्बर १० सम्म खुल्ला रहनेछ ।

डिभीका लागि आवेदन दिँदा शूल्क नलाग्ने पनि दूतावासले बताएको छ । आवेदनमा आफ्ना पति, पत्नी र २१ वर्ष नपूगेका सबै अविवाहित सन्तानको विवरण खुलाउनु पर्नेछ ।

फारम भर्दा फोटो हालसालै खिचिएको हुनु पर्नेछ भने अघिल्लो वर्षको आवेदनमा प्रयोग गरिएको फोटो अमान्य हुने दुतावासले जनाएको छ । फारम अनलाइनको  https://dvprogram.state.gov/  यस लिंकमा गएर भर्न सकिने बताइएको छ ।

Logo