पूर्वमन्त्री तामाङको विशेष पहलमा लिदी पहिरोपीडितका लागि बजेट विनियोजन

पूर्वमन्त्री तामाङको विशेष पहलमा लिदी पहिरोपीडितका लागि बजेट विनियोजन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं पूर्वमन्त्री दावा तामाङको विशेष पहल र शहरी विकास मन्त्रालय अन्तर्गत सिन्धुपाल्चोकको जुगल २ लिदी पहिरो पीडितहरुलाई एकीकृत बस्ती निर्माण तथा भौतिक पुर्वाधार विकासको लागि बजेट विनियोजन भएको छ।

बाढीपहिरोबाट गत वर्ष लिदीबासीहरु विस्थापित भएका थिए। यस वर्ष पनि वर्षा धेरै पर्न सक्ने अनुमान गरिएको छ। 

बाढीपहिरोबाट क्षति बेहोरेकाहरुको उचित बासस्थान र जोखिम भएका घरको पुनर्निर्माण गर्न बजेट खर्च गरिने पनि पूर्वमन्त्री दावा तामाङका स्वकीय सचिव रमेश आचार्यले बताए। 

हाल विकास तथा पूर्वाधारका लागि ४ करोड २५ लाख बजेट विनियोजन भएको र जोखिम न्यूनीकरण गर्न सबै आआफ्नो ठाउँबाट लाग्नु पर्ने पूर्वमन्त्री दावा तामाङ बताउँछन्।

Skip This
Skip This
Logo