पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएकाे छ । साथै बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिन अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।
बिहीबार सम्पन्न केन्द्रीय कमिटीको दशौं बैठकले पार्टी एकताका लागि आम माफी दिएर भए पनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतालाई सुदृढ पार्नका लागि एकतामा आउन चाहानेहरुलाई विगतका गल्तीहरुलाई विगतका गल्ती बिर्सेर स्वागत गर्न सकिने बताउनुभएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले पार्टी एकताको लागि अधिकतम प्रयास राख्ने भन्दै अनुशासन उल्लंघनका घटनालाई पनि माफी दिन सकिने निष्कर्ष निकालेको बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
'कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष बैठकले निकालेको छ', ज्ञवालीले भने, 'अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताएका छन् ।































प्रतिक्रिया