चीनबाट थप आठ लाख मात्रा खोप ल्याइयो

चीनबाट थप आठ लाख मात्रा खोप ल्याइयो

केन्द्रबिन्दु
0
Shares

छिमेकी मुलुक चीनबाट बिहीबार कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ। 

चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट बिहीबार खोप ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए। आएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए। 

उनले निगमको नियमित उडानमार्फत लगातार चार दिनसम्म खोप चीनबाट आउने जानकारी दिए। साउन १५ गतेसम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ। अहिलेसम्म ७३ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ। 

Skip This
Skip This
Logo