पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कंग्रेसकी नेतृ ममता बेनर्जीले भारतीय जनता पार्टी (भाजपा)लाई देशबाट नहटाएसम्म जनताले सुख नपाउने बताएकी छन्। कोलकतामा सहिद दिवशका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाजपाले हरेक राज्यमा चलखेल गरिरहेको आरोप लगाइन्।
दार्जिलिङबाट प्रकाशित हिमालय दर्पणका अनुसार उनले पश्चिम बंगालमा चलखेल नगर्न भाजपालाई चेतावनी दिइन्। ‘भाजपाले जहिल्यै षड्यन्त्रको राजनीति गर्छ, जनतालाई जुटाउने होइन, फटाउने काम गर्छ। भाजपालाई राज्यबाट नलखेटेसम्म सुख शान्ति आउँदैन,’ उनले भनिन्।
यसअघिको विधानसभा चुनावमा ममताको तृणमूल कंग्रेसले भाजपालाई लक्षित गर्दै ‘खेला हबे’ अर्थात् चलखेल हुन्छ भन्ने नारालाई घरघरसम्म पुर्याएको थियो। आउँदो लोकसभा चुनावमा पनि ममताले यही नारालाई उठान गर्ने जनाउ दिइन्।
पश्चिम बंगालमा अत्यधिक बहुमतसाथ सत्तासीन ममताको तृणमूल कंग्रेस पहिलेभन्दा कमजोर बन्दै गएपछि ममता भाजपासँग आक्राशित छिन्। पश्चिम बंगालमा भाजपाले भने आफ्नो पकड बलियो बनाउँदै लगेको छ।































प्रतिक्रिया