राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले नेपालले अबलम्वन गर्दै आएको व्यवस्था सुधार नगरे सत्ता राजनीतिको यो फाेहोरी खेल चलिरहने बताएका छन्।
उनले देशले स्थिरताको बाटो अपनाउन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहितको व्यवस्था अभ्यास गरिनु पर्ने बताए।
उनले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै भने प्रधानमन्त्री ज्यु बधाई र धन्यवाद पनि, तपाईंहरु प्रधानमन्त्री निवासलाई पार्टी कार्यालय नबनाउने हुनु भएछ।
तपाईंहरुबाट अरु धेरै आशा छैन, यस अघि गरिए जस्तो गल्ति नगर्नु होला, समीक्षा गर्नुहोस्, यस अघि के के गल्ति भए, त्यो नदोहोर्याउनु होला।































प्रतिक्रिया