नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पूर्ण खेलहरु एक्सन स्पोर्टसले प्रसारण गर्ने

नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पूर्ण खेलहरु एक्सन स्पोर्टसले प्रसारण गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ।

शुक्रबार डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो। 

सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको पि.एम कप तथा मेयर्स कपका महिला/पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ।

आगामी दिनमा नेपाल क्रिकेट संघद्वारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रसारण हुनेछन्।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले यस सम्झौतापछि क्रिकेटप्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाईमा पुर्याउने बताए।

Skip This
Skip This
Logo