युथफोर्सको ‘वृहत मार्चपास’: काठमाडौँ भ्याली कमाण्ड घोषणा गर्ने

युथफोर्सको ‘वृहत मार्चपास’: काठमाडौँ भ्याली कमाण्ड घोषणा गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ अन्तर्गतको युथफोर्सले शनिबार मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गर्ने भएको छ।

दशौं हजारको उपस्थितीमा उक्त मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गर्ने संघले जनाएको हो।

मार्चपासका लागि उपत्यकाका तीन वटै जिल्लाबाट मोटरसाइकलसहित माइतीघरमा भेला हुन संघले भनेको छ।

मार्चपास माइतीघरबाट नयाँ बानेश्वर, बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य हुने संघका सचिवालय सदस्य बेनी कार्कीले बताएका छन्।

कार्कीका अनुसार उक्त मार्चपास सम्पन्न गरि कार्की व्याङ्क्वेटमा काठमाडौँ युथफोर्स भ्याली कमाण्डसमेत घोषणा गर्ने कार्यक्रम रहेको छ।

उक्त घोषणा तथा सपथ कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने पनि उनले जानकारी दिए।

राष्ट्रिय युवा संघ सर्वोच्चको २८ असारको फैसला पछि पनि विभिन्न आन्दोलनको घोषणा गरेको छ।

जालझेल, कपट तथा षडयन्त्रपूर्ण तरिकाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट परमादेशको माध्यमबाट हटाई शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै युवा संघ चरणवद्धरुपमा आन्दोलनमा उत्रिएको छ।

Logo