टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम बनाएकी छन् । कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् ।

यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६१४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाम गरेकी थिइन् । शनिबार आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६.८ स्कोर गरेपनि अन्तिम चरणमा भने स्थान बनाउन सकिनन् । कल्पना समग्रमा ४६ औं स्थानमा रहिन् ।

इभेन्टमा ५० जनाको सहभागिता थियो । कल्पनाले बोस्निया, किर्गिस्तान, श्रीलंका र सरणार्थी टोलीका खेलाडीलाई पछि पारेकी हुन् ।

 

Logo