अबदेखि कोरोनाविरुद्धको खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य

अबदेखि कोरोनाविरुद्धको खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गराएको छ। काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडाैंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार ७७ वटै जिल्लामा अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार उक्त निर्णय भएको प्रमुख खड्काले बताए। साथै उनले १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेका छन्।

कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन सुरु गर्ने उनले बताए। ‘अब जारी हुने सूचनामा १८ वर्ष उमेर समूहकै नागरिकले खोप पाउँछन् भन्ने होइन। हामी उमेर समूहकै आधारमा जान्छौं,’ उनले भने, ‘अनलाइन दर्ता गर्दै जाने र क्रमशः खोप दिँदै जाने हो।’

उनले ५० वर्षभन्दा माथिका नागरिकले गएको हप्तामा खोप पाएको बताए। ‘क्रमशः उमेर समूह झर्दै जान्छ। अब खोप पाउने उमेर समूह ४५ देखि ४९ वर्षका नागरिक हुन्,’ उनले भने। तर, योबारे स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त नभएसम्म थाहा नहुने उनले बताए।

खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्ने उनले बताए। १८ वर्षभन्दा माथिका नागरिकले https://vaccine.mohp.gov.np मा गएर अनलाइन दर्ता गर्न सक्ने बताइएकाे छ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo