नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथ गराएका छन्।
सिंहदरबारमा आइतबार साँझ आयोजित समारोहमा देउवाले राज्यमन्त्री श्रेष्ठलाई सपथ गराएका हुन्।
नेपालको संविधान २०७२ अनुसार राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने प्रचलन भएअनुसार देउवाले उनलाई सपथ गराएका हुन्।
नेपाली कांग्रेसका तर्फबाट संघीय संसदमा समानुपातिक सांसद रहेका श्रेष्ठ लिटिल एन्जल्स स्कुलका संस्थापक हुन्।
श्रेष्ठको शिक्षा, जलविद्युत, बैंक, पर्यटनलगायत क्षेत्रमा ठूलो लगानी छ।































