ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद निलम्बन: प्रधानमन्त्री बर्खास्त, झडपमा सयौँ घाइते

ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद निलम्बन: प्रधानमन्त्री बर्खास्त, झडपमा सयौँ घाइते

केन्द्रबिन्दु
0
Shares

ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेका छन् । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए। त्यसलगत्तै उनले यहाँको संसद पनि निलम्बन गरेको बताइएको छ।

आइतबार राति उनले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका हुन्। राष्ट्रपति काइस सेइदले आइतबार राति चालेको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिएका छन्। त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैँले गरेका छन् । उनले अकस्मात गरेको सो घोषणामा अर्काे प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैँले सरकारको नेतृत्व गर्ने बताएका छन्।

त्यसैगरी यहाँको संसद पनि उनले निलम्बन गरेर सबै सांसदहरुको पद स्वत खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराएका छन् ।आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए। उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए।

झडपमा सयौँ घाइते
ट्युनिसियामा राष्ट्रपतिले निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएसँगै समर्थन र विरोधमा ठाउँठाउँमा प्रदर्शनहरू भएका छन् । दुई समूहबीच भएका झडपहरूमा सयौँ मानिस घाइते भएका बताइएको छ।

राष्ट्रपति काइस साइदले आइतबार प्रधानमन्त्री हिसेम मेशीशीलाई हटाई नयाँ प्रधानमन्त्रीको सहयोगमा नेतृत्व आफुुले लिने बताउनुभएको थियो। यहाँको सबैभन्दा ठूलो दल एन्नाहधाले राष्ट्रपतिको कदमलाई ‘कू’ को सज्ञा दिएको छ।

प्रधानमन्त्री मेशीशीलाई हटाई संसद निलम्बन गरेसँगै उहाँको समर्थनमा हजारौँ मानिस सडकमा ओर्लिएका थिए। सोमबार राष्ट्रपतिले चालेको ‘अप्रजातान्त्रिक’ कदमको विरोधमा एन्नाहधा लगायतका दलले आफ्ना कार्यकर्तालाई राष्ट्रपतिको विरोधमा उत्रिन आह्वान गरेको छन्।

Skip This
Skip This
Logo