प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले देउवा नेतृत्वको सरकारबनेपछि अघिल्लो सरकारले ल्याएको खोप पनि पहुँचवालाहरुले मनोमानी गरेको आरोप लगाएका छन्।
उनले प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्दै कोरोना कहर बढ्दै गएको र यसको दलदलमा मुलुक नराम्रोसँग फसेको बताए।
‘खोप पहुँचवालाहरुको हातमा पुग्यो, दुर्गम भेगमा खोप पुगेको छैन’, खतिवडाले भने। त्यस्तै उनले सरकार गठनको दुई साता बितिसक्दासमेत स्वास्थ्य मन्त्री नियुक्त नगरेकोमा निरास हुनुपरेको बताए।
‘सरकार गठनका यतिका दिन भयो स्वास्थ्य मन्त्री पाउन सकेका छैनौं, अब के नै पो होला र, निराशाका दिन सुरु भए’ खतिवडाले भने।
नेता खतिवडाले सुकुम्वासी समस्या सामधान गर्न अघिल्लो सरकारले गठन गरेको आयोग सरकारले खारेज गरेको प्रति असन्तुष्टि व्यक्त गरे।
‘सुकुम्वासीहरुको भावना भड्कियो भने राज्यले सम्हाल्न नसक्ला, म सरकारलाई खबरदारी गर्न चाहन्छु’, उनले भने।’
देउवा नेतृत्वको सरकारले सुकुम्वासी सम्वन्धी समस्या सामधान गर्न ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको उक्त आयोग मन्त्रिपरिषद्ले निर्णय गर्दै खारेज गरिदिएको छ।
आयोग खारेज भएपछि देउवा नेतृत्व सरकारको आलोचना सुरु भएको छ।































प्रतिक्रिया