बुधबार नेप्से सुरुवाती चरणमा १३.९७ अंकले बृद्धि भएको छ । नेपाली शेयर बजारको इतिहासमै नेप्से परिसूचक ३१०० विन्दुमाथि पुग्ने अनुमान गरिएको छ । बुधबार सुरुवाती समयमै बजारले १३.९७ अंकले बढेर ३ हजार ९३ विन्दुसम्म पुगेको छ ।
कारोबारको १२.४४ सम्म ६ अर्बमाथि धितोपत्र कारोबार भएको छ । जलविद्युत र बैंकिङ समूहबाहेक अन्य सबै उपसमूह बढेको छ । जसमा जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स र माइक्रो फाइनान्स समूहका सेयरहरूको मूल्यमा ठूलो वृद्धि भएको छ । आज सबै समूह हरियो हुँदा बैंकिङ र म्युचुअल फण्ड र जलद्यिुत उपसमूह मात्रै रातो देखिएको छ ।
सर्वाधिक मूल्य बढ्ने कम्पनीको पहिलो नम्बर सूचीमा पनि चन्द्रगिरी हिल्स कम्पनी रहेको छ भने अन्य मल्टिप्रपोज फाइनान्स, सोल्टी होटल र बेस्ट फाइनान्सको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।
यो समाचार तयार पार्दासम्म बजार ३१ अंकले बढेको छ । यस्तै, २०९ कम्पनीको कारोबार हुँदा ३१ कम्पनीको सेयर मूल्य घटेको छ । १४५ कम्पनीको सेयर मूल्य बढेको छ ।































प्रतिक्रिया