नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यथास्थितिमा एमसीसी पास गर्नु राष्ट्रघाती काम हुने बताएका छन्।
सामाजिक संजाल ट्वीटरमा आज एक स्टाटस लेख्दै रावलले राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्न नहुने बताएका हुन्। यदि यही अवस्थामा एमसीसी पास गरिए देश उपनिवेशकरण तर्फ धकेलिने चेतावनी पनि दिएका छन्।
प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि यस विषयमा कुनै कुरा नभएको उनले स्मरण गराएका छन्।
उनले भनेका छन्,
नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ। देश उपनिवेशकरण तर्फ धकेलिनेछ। यस्तो काम सरकार र पार्टीले नगरून्। यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्।





























प्रतिक्रिया