कांग्रेस पदाधिकारी बैठक भोलिसम्मका लागि स्थगित

कांग्रेस पदाधिकारी बैठक भोलिसम्मका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आज बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठक चार घन्टासम्म चलेको थियो।

प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार दिउँसो २ बजे फेरि पदाधिकारी बैठक बस्ने जानकारी दिए। 

क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न थप समय लिइएको छ। शर्माका अनुसार महाधिवेशन केन्द्रित बैठक बिहीबार पनि बस्नेछ। त्यस्तै बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको छ।

प्रवक्ता शर्माले बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र भोलिसम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिए।

नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार मात्रै पार्टीसमक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन्। 

करिब ८ लाख क्रियाशील सदस्य रहेको कांग्रेसले अझै केही जिल्लामा क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। कांग्रेस महाधिवेशन आउन अब ३५ दिनमात्रै बाँकी छ भने ८ वटा तहमा अधिवेशन हुनेछ।

Skip This
Skip This
Logo