टोपबहादुर रायमाझीले ‘माओवादी केन्द्रमै छौं’ भनेपछि…

टोपबहादुर रायमाझीले ‘माओवादी केन्द्रमै छौं’ भनेपछि…

केन्द्रबिन्दु
0
Shares

पूर्वमाओवादी केन्द्रका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु शाह माओवादी केन्द्रले कारबाही गरेको चार महिनापछि सर्वोच्च अदालत गएका छन्।

यसअघि उनीहरू माओवादी केन्द्र खारेजी माग गर्दै निर्वाचन आयोग पुगेका थिए। तर, आयोगले उनीहरूको माग निवेदन नै बदर गरिदिएको थियो।

बुधबार भने उनीहरू सर्वोच्चमा अध्यक्ष प्रचण्डले गरेको कारबाही निष्प्रभावी रहेको भन्दै परमादेशबाट आफूहरूलाई सांसद पुनर्बहाली गर्न माग गरेका छन्।

उनीहरू चारजनाले नै सर्वोच्चमा अलग–अलग रिट दर्ता गराएका छन्, जसमध्ये एमाले प्रवेश गरेका पुर्वमाओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन्। 

बुधबार सर्वोच्च अदालत पुगेका रायमाझीले आफूले माओवादी त्याग गरी एमाले प्रवेश नगरेको दाबी गरेका हुन्।

उनले रिटमा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको दाबी गरेका छन्। उनले ‘आफू माओवादी केन्द्रकै नेता रहेको’ दाबी रिटमा उल्लेख छ।

रिटमा उनले माओवादी केन्द्रको महाधिवेशन नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन्। 

माओवादी केन्द्र छाडी नेकपा एमालेमा प्रवेश गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीसहित लेखराज भट्ट, साह र गौरीशंकर चौधरीलाई सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेको संसद् सचिवालयलाई जानकारी गराएको थियो।

संसद् सचिवालयले उनीहरूलाई गत चैत २६ गते सांसद पदबाट हटाएको थियो। सांसद पदबाट हटाएको करिब चार महिनापछि रायमाझी सर्वोच्च अदालत गएका हुन्।

Skip This
Skip This
Logo