शेरबहादुर देउवालाई प्रधानमन्त्री भएको १६ दिन हुँदा चिनियाँ प्रधानमन्त्री लि कोच्याङले बधाई दिएका छन्।
बधाई सन्देशमार्फत् उनले नेपाल र चीनबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्री देउवासँग सहकार्य गर्न इच्छुक रहेको पनि बताए। बधाई सन्देश नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्वविटमार्फत सार्वजनिक गरेकी छिन्।
शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। सर्वोच्च अदालतको २८ असारको परमादेशअनुसार प्रधानमन्त्री नियुक्त उनले साउनको ३ गते विश्वासको मत लिए।































प्रतिक्रिया