जनता समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई समर्थन गर्दै सरकारमा सामेल हुने निर्णय गरेको छ ।
जनता समाजवादी पार्टी नेपालको बुधबार बसेको बैठकमा मुख्य ३ वटा विषयमा छलफल र निर्णय भएको बताउँदै पार्टी सरकारमा जाने निर्णय गरेको जनता समाजवादी पार्टी नेपालका प्रचार बिभाग प्रमुख डम्बर खतिवडाले बताए । मन्त्री चयनको जिम्मा अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोककुमार राईलाई दिइएको छ ।
साथै सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गर्ने भएको छ। ६ मन्त्रालयमा कुरा मिले बिहीबार नै सरकारमा सहभागी हुने सम्भावना रहेको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।
बैठकमा वर्तमान सरकारलाई पार्टीको समर्थन रहेको, सरकारमा कहिले र कसरी सामेल हुने भन्ने विषयमा सकारात्मक दृष्टि निकालेको र यस्को अन्तिम निर्णय हुन बाँकी रहेको बताइएकाे छ ।





























प्रतिक्रिया