बाढीले बन्द इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा

बाढीले बन्द इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ। 

मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती नदीको बाढीले क्षति पुर्याएको विद्युत्गृहको संरचनाको मर्मतपछि बुधबार रातिदेखि पुनःसञ्चालनमा ल्याइएको आयोजना प्रमुख मानोलाक श्रेष्ठले जानकारी दिए। इन्द्रावतीमा आएको बाढीले तिपेनीस्थित बाँध भत्काउनुका साथै सिभिल कार्य तथा इलेक्ट्रिक मेसिनमा ठूलो क्षति पुगेको थियो। 

बाढीले बालुवा थिग्राउने डिसेल्टिङ मेसिनको ढोका र अन्डर प्रेसको ढोकामा समेत क्षति पुगेकाले टावर तथा अन्य कार्यमा करिब रु दुई करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको छ। डेढ महिनासम्म आयोजना उत्पादन बन्द हुँदा कूल रु पाँच करोड ५० लाख नोक्सान भएको डेपुटी प्लान्ट मेनेजर वसन्तलाल कर्णले जानकारी दिए।रासस

Skip This
Skip This
Logo