सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) को तेस्रो दिनको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ।
बुधवार दिउँसो पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बैठक निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको हो। बिहान ११ बजेदेखि नै बैठक सुरु हुने भनिए पनि पार्टीका शीर्ष नेताहरु नआएकोले बैठक बस्न सकेन।
आज बस्ने बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिलाई पूर्णता दिने र संगठन विस्तार तथा समायोजन गर्ने विषयमा छलफल गरिने बताइएको छ।































प्रतिक्रिया