इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

इराकस्थित अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

केन्द्रबिन्दु
0
Shares

बग्दादको ग्रीन जोनस्थित अमेरिकी दूतावास नजिकै बिहीबार बिहान रकेट आक्रमण भएको छ । रकेट प्रहारबाट दूतावासमा कुनै हानी वा क्षति नपुगेको एक इराकी सुरक्षा अधिकारीले बताएका छन् । 

इराकी प्रधानमन्त्री मुस्तफा अल खादिमीे सोमबार ह्वाइट हाउसको वार्तापछि वासिङटनबाट स्वदेश फर्किनसक्दै इराकमा उक्त आक्रमण भएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकलाई  इराकबाट फिर्ता बोलाउने घोषणा गरिसकेका छन् । उनले अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन् । इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएका हुन् । इराकमा हाल दुई हजार ५ सय भन्दा बढी अमेरिकी सैनिक रहेका छन् ।

इराकमा अमेरिकी नागरिक संघसंस्थालक्षित आक्रमणहरु लगभग दैनिक रूपमा हुने गरेका स्थानीय समाचार संस्थाहरूले उल्लेख गरेका छन् । इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूकाविरुद्ध लड्न सहयोग गरिरहेका छन् । रासस

 

Skip This
Skip This
Logo