टोकियो ओलम्पिकः ६ पटकको विश्व विजेता मेरी कोम ओलम्पिकबाट बाहिरिइन्

टोकियो ओलम्पिकः ६ पटकको विश्व विजेता मेरी कोम ओलम्पिकबाट बाहिरिइन्

केन्द्रबिन्दु
0
Shares

भारतीय महिला मुक्केबाज मेरी कोम टोकियो ओलम्पिक अन्तर्गत बक्सिङ प्रतियोगिताबाट बाहिरिएकी छिन्। बिहीबार राउण्ड अफ १६ को खेलमा कोलम्बियाकी खेलाडी इन्ग्रिट भ्यालेन्सियासँग पराजित हुँदै कोम प्रतियोगिताबाट बाहिरिएकी हुन्।

महिलाको फ्लाईवेट ४८–५१ केजी तौल समूहमा कोम भ्यालेन्सियासँग ३–२ ले पराजित भइन्। यससँगै अन्तिम ओलम्पिक खेलिरहेकी कोमको ओलम्पिकमा दोस्रो पदक जित्ने सपना सकिएको छ।

३८ वर्षीय कोमले लण्डन ओलम्पिकमा कास्य पदक जितेकी थिइन्। ६ पटक विश्व च्याम्पियनसिप कोमको ओलम्पिकमा स्वर्ण जित्ने सपना भने पूरा हुन सकेन। कोमले एसियन गेम्समासमेत स्वर्ण जितेकी छिन्।

Skip This
Skip This
Logo