ललितपुरमा आजदेखि तीनदिनसम्म ४५ वर्ष माथिकालाई भेरोसेल खोप

ललितपुरमा आजदेखि तीनदिनसम्म ४५ वर्ष माथिकालाई भेरोसेल खोप

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ। कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्ने छन्। 

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने, “आउँदो सोमबार अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप पनि लगाउने तयारी भइरहेको छ।”

यसैगरी गोदावरी नगरपालिकामा ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं  ‘क’ र ‘ख’ वर्गमा परेका  अपाङ्गता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ। 

महालक्ष्मी नगरपालिकामा भने सो उमेर समूहका कोभिडविरुद्धको पहिलो मात्राको भेरोसेल लगाउन छुटेका नागरिकलाई बिहीबारदेखि आजसम्म खोप उपलब्ध गराइएको छ। त्यसैगरी दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा  भने आउँदो आइतबार र सोमबार खोप लगाइने भएको छ।

Skip This
Skip This
Logo