काठमाडौं ।
‘बाजेको सेकुवामा सेफ कुमार चालिसे आवद्ध भएका छन् । असोज १५ गतेदेखि उनी बाजेको सेकुवामा आवद्ध भएका हुन्। चालिसेसँग ‘कर्पोरेट सेफ’का रुपमा विगत २२ वर्ष देखि खाना तथा आतिथ्य क्षेत्रमा संलग्नता रहेको अनुभव छ ।
उनले विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रुपमा आवद्ध भइ काम गरेका थिए ।
सेफ चालिसे ‘प्रथम नेपाली कस्मोपोलिटियन सेफ’, २०१३ मा मकाउमा ‘उत्कृष्ट प्रदर्शन अवार्ड’ जित्न सफल व्यक्ति हुन् । यस्तै उनी २०१७ मा नेपालमै ‘ उत्कृष्ट सेफ अवार्ड’ बाट सम्मानित पनि भएका थिए ।
खानाहरुलाई थप गुणस्तरीय बनाउन र विभिन्न स्वादका नेपाली परिकारको विकास गर्ने उद्देश्यले सेफ चालिसेलाई बाजेको सेकुवामा आवद्ध गराएको यसका संचालक चेतन भण्डारीले बताएका छन् । सेफ चालिसेले आगामी फ्राञ्चाइजहरुमा ट्रेनिङ, किचेन सेटअप र नयाँ खाना विकास लगायतका कार्यहरुमा नेतृत्व गर्ने पनि भण्डारीले जानकारी दिए ।





























प्रतिक्रिया