हेल्मेट नलगाइ बाइक चलाएका पारस शाहले ट्राफिकलाई दुर्व्यवहार गरेपछि…

हेल्मेट नलगाइ बाइक चलाएका पारस शाहले ट्राफिकलाई दुर्व्यवहार गरेपछि…

केन्द्रबिन्दु
0
Shares

पूर्वयुवराज पारस शाहले राजधानीको नारायणगोपाल चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गरेका छन्। 

शुक्रबार राति महाराजगंजस्थित नारायणगोपाल चोकमा हेल्मेट नलगाई बाइक चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेपछि रोक्न खोज्दा उनले उल्टै प्रहरीलाई अपशब्द बोलेका थिए। 

अहिले सामाजिक संजालमा पारसले ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गरेको एउटा भिडियो भाइरल भएको छ । जहाँ शाहले मैले जहिले पनि हेल्मेट नलगाई हिड्ने गरेको भन्दै प्रहरीमाथि जान्न भन्दै तँ, तँ शब्द प्रयोग गरेका छन्। 

अन्ततः प्रहरीले उनलाई छोड्न बाध्य भएको छ। 

पारस शाह यसअघि पनि पटक पटक विवादमा आइरहने व्यक्ति हुन्। पछिल्लो पटक उनको यो व्यवहारको सर्वत्र विरोध भइरहेको छ। 

Skip This
Skip This
Logo