नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा माधव नेपालका लागि ठाउँ नभएको बताएका छन्।
शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका हुन्।
‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने, ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोरक्रस गर्ने, त्यस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन ।’
त्यस्तै ओलीले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए। ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो। जो आउँदैन, आउँदैन । समय कुर्दैनौं’, ओलीले भने।
अध्यक्ष ओलीले ०७४ को चुनावमा पार्टीले १२१ सिट मात्र जित हाशिल गरेका तर बहुमत पुग्न १३७ सांसद चाहिने बताए। ‘ओलीले दुई तिहाई गुमाएको भन्ने आरोप लाउँछन्, हामीले जितेकै १२१ हो कसरी दुईतिहाई र बहुमत गुम्यो भन्दै प्रश्न पनि गरे । उनले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे।
‘अब पार्टीमा खुट्टा तान्नेहरु कोही छैनन्, अब सजिलै बहुमत ल्याउन सकिन्छ’ ओलीले भने।































प्रतिक्रिया