नेकपा माओवादी केन्द्रले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पर्खिन नसक्ने जनाएको छ।
पर्खिँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकिएकाे प्रवक्ता नारायणकाजी`प्रकाश´ले बताए। सरकारकाे कामकारबाही प्रभावकारी बनाउन पनि मन्त्रिपरिषद्लाई पूर्णता छिटो दिनुपर्ने भएकाे उनकाे भनाइ छ।
गठबन्धनमा आबद्ध भएकाे र केही दिन पर्खिनु भनेकाले पर्खिएकाे पनि बताए।`सरकारमा सामेल हुने वा नहुने भन्नेमा प्रष्ट भएकाे छैन, ढिला गर्न भएन, श्रेष्ठले भने।
कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा जसपा पनि सहभागी भएकाे छैन। आधिकारिकता विवाद ११ साउनमा टुंगिए पनि मन्त्रीका लागि नेता छान्न समस्या भएकाे छ।
श्रेष्ठले जसपा आएपछि गठबन्धन सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए। गठबन्धनको अर्काे घटक जनमाेर्चा भने सरकारमा सहभागी नहुने भएकाे छ।































प्रतिक्रिया