कालापानीः काठमाडौंलाई किन दुख्दैन ?

कालापानीः काठमाडौंलाई किन दुख्दैन ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले भारतीय ज्यादतीविरुद्ध संसदमा विरोध जनाएको छ। भारतीय एसएसबीले महाकाली नदीमा तुईन काटिदिएर १४ साउनमा वेपत्ता भएका जयसिंह धामी घटनाको विरोधबारे संसदमा आवाज उठेको छ ।

एमालेले धामीको आफन्तले एसएसबीविरुद्ध भारतमै किटानी जाहेरी समेत दिइसकेको अवस्थामा वर्तमान सरकारले भने नेपालका लागि भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउन नसकेको भन्दै सरकारको आलोचना गरेको छ। एमालेले प्रशासनिक कमचारीहरूको छानविन समित बनाएकोप्रति पनि आपत्ति जनाएको छ।

एमाले नेता गणेश सिंह ठगुन्नाले सरकारलाई उक्त घटनाप्रति गम्भिर बन्न र दोषी एसएसबीलाई हत्या आरोपमा कारवाही  र पीडित पक्षले सरकारबाट राहत पाउनुपर्ने माग राखेका छन्। कालीपानीको दुःख काठमाडौंले सुन्नैपर्ने आवाज उठाएका छन्।

Skip This
Skip This
Logo