सांसदहरूले गरे शुन्य समयमा सरकारलाई खबरदारी

सांसदहरूले गरे शुन्य समयमा सरकारलाई खबरदारी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु खोपको विषय र दार्चुलाको घटनालाई लिएर सरकारमाथि खनिएका छन् ।
 
प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरुले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । भारत सरकारका विरुद्ध बोल्न नसकेको भन्दै निन्दा गरेका छन् । 

सांसद भिमसेन दास प्रधानले विदेश जाने श्रमिकहरु खोप लगाएको प्रमाणित गर्न भीडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई सहज बनाउन माग गरे । उनले भने, ‘श्रमिकहरु बिहानै ३÷४ बजेदेखि लाइनमा बस्नुपर्ने, तर १२ बजेपछि टोकन  छैन भनेर फर्काइदिने । अस्तव्यस्त छ । गाउँबाट आएका धेरै युवाहरु फ्रस्टेशनमा छन् ।’

सांसद भुमि प्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग राखे । सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाउँदै खोपको दुरुपयोग गरेको प्रति कवितात्मक शैलीमा खरो टिप्पणी गरे ।

सांसद मेटमणि चौधरीले सत्तामा बस्नेहरुलाई घमण्ड नदेखाउन सचेत गराए । सांसद योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई समयको छुट नभएको बताए । अर्का सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले विगतको सरकारले गरेको जनविरोधी कामहरुलाई खारेजी गर्नुपर्ने बताइन्। उनलेसंविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने दायित्व वर्तमान सरकारको रहेको पनि धारणा राखिन्।

Skip This
Skip This
Logo