नेपाली अभिनेत्री गरिमा पन्तलाई पुत्री लाभ भएको छ। मंगलबार गरिमाले श्रीमान् र छोरीसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्।
उनले तस्बिर सार्वजनिक गर्दै ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं।’ आमा बनेपछि गरिमा लेख्छिन्, ‘छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत!’
गरिमा बिहेपछि नेपाली चलचित्र जगतबाट टाढै छिन् । श्रीमानसँग बेल्जियममा बस्दै आइरहेकी गरिमाले फिल्म ‘झोला’बाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन्।































प्रतिक्रिया