संघीयताको सवालमा सरकार आफै अनभिज्ञः विडारी

संघीयताको सवालमा सरकार आफै अनभिज्ञः विडारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संघीयताको सवालमा सरकार आफै अनभिज्ञ रहेको टिप्पणी गरेका छन् । 

राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै बिडारीले अहिलेको ‘ब्यूरोक्रेसी’समेत संघीयताको बारेमा जानकार नरहेको बताए । कानुनका जानकार उनले नेपालमा कति वटा ऐन छन् भन्ने कुरा नेपाल सरकारका पदाधिकारीलाई समेत थाहा नभएको जिकिरसमेत गरे । समितिको बैठकमा “अनुगमन तथा मूल्यांकन विधेयक, २०७६” सम्बन्धमा छलफल भएको थियो ।

सांसद राधेश्याम अधिकारीले प्रदेश र स्थानीय तहले पनि कानुन बनाउने भएकाले त्यसको अनुगमनको काम उनीहरु आफैले गर्ने भएकाले सो सम्बन्धमा संघीय कानुनको व्यवस्था गरिरहन नपर्ने बताए ।

समितिका सभापति परशुराम मेघी गुरुङले सो विधेयकको प्रस्तावनामा छिटो आफ्नो राय दिन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग आग्रह गरेका थिए ।
 

Skip This
Skip This
Logo