मेलम्चीमा रोकिएन बाढीको बितन्डा! (हेलिकाेप्टर फुटेजसहित)

मेलम्चीमा रोकिएन बाढीको बितन्डा! (हेलिकाेप्टर फुटेजसहित)

केन्द्रबिन्दु
0
Shares

असार १ गते मेलम्ची नदीमा आएको बाढीले जनधनको व्यापक क्षति गर्यो। हेलम्बु, पाँचपोखरी, मेलम्चीलगायत स्थानीय तहका हजारौं विस्थापित कष्टकर जीवन बिताइरहेका छन्। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना क्षतिग्रस्त भएको छ।

अघिल्लो बाढीको घाउ निको नहुँदै फेरि साउन १६ गते आएको बाढीले बितन्डा मच्चायो। अघिल्लो बाढीमा पुरिएको रेडियो मेलम्चीको भवन पछिल्लो बाढीले पूर्णरूपमा क्षतविक्षत पारेको छ। मेलम्ची र हेलम्बुलाई जोड्ने चनौटेस्थित मोटरेबल पुल बाढीले बगाएको छ। 

मेलम्चीमा बाढी रोकिएको छैन, पानी होइन लेदो बगिरहेको छ नदीमा। पहिरोले थुनिएको नदीको माटो बगेर मेलम्चीबाट ३५ किलोमिटर दूरीको दोलालघाटसम्म थुप्रिन थालेको छ।

मनसुन अझै बाँकी छ। कति बितन्डा मच्चाउला, अहिले भन्न सकिने अवस्था छैन।

भिडियाे फुटेज साैजन्य: कृष्ण तामाङ

 

Skip This
Skip This
Logo