पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ: राज्यमन्त्री श्रेष्ठ

पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ: राज्यमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन्। होटल सङ्घ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिएका हुन्।  

हानले जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर रहेकाले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरिएको छ। 

अध्यक्ष राणाले कोभिड–१९ को महामारीबाट आन्तरिक पर्यटन विस्तारै चलायमान हुन थालेकाले यस क्षेत्रमा संलग्न पर्यटन व्यवसायी तथा श्रमिकलाई खोप उपलब्ध गराउन आग्रह गरे।

Skip This
Skip This
Logo