पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माण थालियो

पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माण थालियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको टेकुस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गरे । आगामी जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पाटीको निर्माण कार्यको जिम्मेवारी नमोबुद्ध विल्डर्स प्रालिलाई दिइएको छ । 

काठमाडौं महानगरपालिकाभित्र रहेका सबै सम्पदाहरूको संरक्षण, सम्वद्र्धन गरी पर्यटनसँग जोड्ने अभियानअन्तरगत सो पार्टीको पनि पुनर्निर्माणको काम सुरु गरिएको मेयर शाक्यले बताए । उनले काठमाडौं महानगरपालिकाभित्र विश्व सम्पदा सूचीमा सूचीकृत ४ वटा विश्व सम्पदा रहेको उल्लेख गर्दै त्यसको संरक्षणमा ध्यान केन्द्रित गर्न सम्बन्धित सबै पक्षलाई आह्वान समेत गरे । 

काठमाडौं महानगरपालिकाले भूकम्पले क्षति पुर्याएका सम्पदाको पुनर्निर्माणलाई प्राथमिकता दिएको छ । त्यसलाई सहयोग पुर्याउन चालू आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले पनि ३ करोड बजेटको व्यवस्था गरेको छ । 

Logo